ad ad

समाज


बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ८:५०,

धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अरु छ जना घाइते भएका छन्।

बोको हराम विरुद्धको प्रतिकार समितिमा एक सदस्यले कोशोबे गाउँमा बोको हरामका सशस्त्र लडाकूले खेतमा काम गरिरहेका किसानको घाँटी रेटेर हत्या गरेको एएफपीलाई बताए।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त घटनाको निन्दा एवं भत्सर्ना गरेका छन्। उनले अमानवीय हत्याबाट सिँगै मुलुक स्तब्ध भएको बताए।

प्रतिकार समितिका सदस्य बाबाकुडा कोलोले आफूहरुले ४३ जनाको शब फेला पारेको र अरु छ जना गम्भीर अवस्थामा भेटिएको जानकारी दिए।

उनले यस क्षेत्रमा बोको हराम समूहले बेलाबेला जघन्य आक्रमण गर्ने गरेकाले यस पटकको आक्रमण पनि उनीहरुले नै गरेको बताएका छन्।

खेतमा काम गर्ने मजदुरहरु उत्तरपश्चिम नाइजेरियाको सोकोतो राज्यका रहेको पाइएको छ। स्थानीयवासी इब्राहिम लिमानले कामको खोजीमा यहाँ आएका ६० जनामध्ये ४३ जनाको हत्या भएको र ६ जना गम्भीर घाइते भएको बताए।

अरु आठ जना हराइरहेको र उनीहरुलाई बोको हरामका लडाकूले अपहरण गरेको हुन सक्ने पनि लिमानले बताएका छन्।

गत महिना पनि बोको हरामका लडाकूहरुले माइदुगुरी नजिकै सिँचाईको काम गर्ने २२ मजदुरको विभत्स हत्या गरेका थिए।

आतंकवादी संगठन इस्लामिक स्टेटसँग नजिक रहेको मानिएको जिहादी समूह बोको हरामको आक्रमणबाट सन् २००९ यता कम्तीमा ३६ हजारको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

यो हिंसा छिमेकी मुलुकहरु नाइजर, चाड र क्यामरुनसम्म फैलिएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .