समाज


एस्ट्राजेनिकाको कोरोना खोप अनुसन्धानमा उत्तर कोरियाली ह्याकरको साइबर आक्रमण

एस्ट्राजेनिकाको कोरोना खोप अनुसन्धानमा उत्तर कोरियाली ह्याकरको साइबर आक्रमण

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ७:४३,

रोयटर्सका अनुसार उत्तर कोरियाली ह्याकरले एस्ट्राजेनिकाको अनुसन्धान प्रभावित गर्न खोजिरहेका छन्।

नेटवर्किङ साइट लिंक्डइन र वाट्सएपको माध्यमबाट ह्याकरहरुले एस्ट्राजेनिकामा काम गर्ने कर्मचारीको पहुँचमा पुग्ने प्रयास गरेको बताइएको छ।

उत्तर कोरियाली ह्याकरहरुले रुसी ठेगानाको प्रयोग गर्दै एस्ट्राजेनिकाका कर्मचारीलाई जागिरको प्रस्ताव गरेको उनीहरको कम्प्युटरको पहुँचमा पुग्ने कार्य गरेको बताइएको छ।

ह्याकरहरु केही मात्रामा ह्याकिङ गर्न सफल भएको पनि रोयटर्समा जनाइएको छ। यस विषयमा एस्ट्राजेनिकाले भने केही प्रतिक्रिया जनाएको छैन।

यसअघि बेलायती साइबर सेक्युरिटी सेन्टरले रुसी र उत्तर कोरियाली ह्याकरहरुले कोरोनाविरुद्धको खोप अनुसन्धानमा बाधा पुर्याइरहेको बताएको थियो। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad