राजनीति


जीवन्त पार्टीभित्र हुने संघर्षलाई सकारात्मक रुपमा लिनुपर्छ : मन्त्री पुन

जीवन्त पार्टीभित्र हुने संघर्षलाई सकारात्मक रुपमा लिनुपर्छ : मन्त्री पुन

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ७:५४,

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले जीवन्त पार्टीभित्र हुने संघर्षलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्।

शनिबार काभ्रेको पनौतीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले सत्तारुढ नेकपामा अहिले भइरहेको संघर्षबाट नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले जीवन्त पार्टीमा छलफल, अन्तरसंघर्ष, बहस आदि हुने भन्दै त्यसले पार्टीलाई थप ऊर्जाका साथ अगाडि बढाउन मद्दत पुग्ने बताए।

‘जीवन्त पार्टीभित्र संघर्ष, घर्षण भइ नै रहन्छ, घर्षणबाट शक्ति उत्पन्न हुन्छ’, उनले भने, ‘हामीले त्यो शक्तिलाई सकारात्मक शक्तिमा ढाल्नुपर्छ।’ पार्टीभित्र मतभेद देखिनासाथ फुट हुन्छ भन्ने नसोच्न उनले नेता कार्यकर्तालाई आग्रह समेत गरे।

मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकार सफल पार्न देशभरीका नेता कार्यकर्ता लाग्नुपर्ने समेत बताए। सरकारको नेतृत्व पनि पार्टीपंक्तिबाटै भएको हुँदा सरकार पार्टीसँगको समन्वयमा चल्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमअघि मन्त्री पुनले खोपासीस्थित पनौती जलविद्युत केन्द्रको निरीक्षण गरेका थिए। उक्त जलविद्युत केन्द्र नेपालकै चौथो पुरानो जलविद्युत आयोजना हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad