सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीकाे प्रतिवेदन आजको बैठकमा वितरण गर्ने र त्यसमै छलफल हुने कार्यक्रम छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सचिवालय बैठक सुरु भएको जानकारी दिए।

अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदनको कसरी जवाफ दिने हुन् त्यसका आधारमा नेकपाको भावी दिशा तय हुने धेरैको आकलन छ।
आजको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भनी यो बैठक निकै चासोपूर्वक हेरिएको छ।
3
Shares

प्रतिक्रिया