आज (शनिबार) बिहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।
‘यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो,’ मौसमविद् पौडेलले शनिबार बिहान नेपालखबरसँग भने, ‘यो अझ घट्ने सम्भावना छ।’
उनका अनुसार हिजाे शुक्रबार उपत्यकाकाे तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियाे। एकै दिनमा ३.५ डिग्री तल झरेकाे हाे। राति आकाश सफा (बादल नलागेको) भयो भने बिहानको तापक्रम घट्छ।
पश्चिमी वायुकाे प्रभाव रातिबाट हट्याे
माैसमविद् पाैडेलका अनुसार अहिले देशभर माैसम सफा छ। कतै पानी पर्ने सम्भावना छैन।
‘हिजो अस्तिदेखिको पश्चिमी वायुको प्रणाली रातिबाट हटेको छ,’ उनले भने, ‘यसैले मौसम सफा भएको हो, अब देशभर चिसो बढ्ने देखिन्छ।’
प्रतिक्रिया