ad ad

समाज


लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश

लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १५:४६,

ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए।

गत बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको न्यौपानेविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको मुद्दा दायर भएको थियो।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले आयोगका तत्कालीन आयुक्त पाठकलाई रु ७८ लाख घुस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो।

पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा व्यूरोले अनुसन्धान गरिरहेको छ।

इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट रु २३ करोड १० लाख २३ हजार ४४३ बेरुजु देखिएको र न्यौपानेका नाममा मात्रै रु तीन करोड ७१ लाख ५३ हजार ६५० बेरुजु रही ठगी गरेको अभियोग लाग्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .