ad ad

कारोबार


ढकाल भन्छन् : नेतृत्वका लागि चाहिने भिजन र एजेण्डा मसँग छ

ढकाल भन्छन् : नेतृत्वका लागि चाहिने भिजन र एजेण्डा मसँग छ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १६:१६,

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन्।

महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उनले भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ।’

ढकालले अगाडि भने, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’

उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता होइनन् भने।

सो क्रममा ढकालले भने, ‘महाधिवेशन पछि पनि हामी टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ।’

ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनु पर्ने बताए।

ढकालले आम उद्योगि व्यवसायिको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .