इरानको सबैभन्दा वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फकिरजादेको हत्या भएको छ। उनी इरानको आणविक कार्यक्रमका ‘मास्टरमाइन्ड’ मानिन्थे।
राजधानी तेहराननजिकै उनीमाथि आक्रमण भएको थियो। उनको अस्पतालमा ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ।
पहिले उनको कारमाथि बम आक्रमण गरेर उनीमाथि गोली चलाइएको जनाइएको छ।
हत्या गरिएका उनी पहिलो इरानी आणविक वैज्ञानिक भने होइनन्। सन् २०१० देखि २०१२ को बीचमा चार इरानी आणविक वैज्ञानिकको हत्या भएको थियो।
इरानले यी हत्या इजरायलले गराएको आरोप लगाउँदै आएको छ।
गत जनवरीमा पनि अमेरिकाले रिभोलुसनरी गार्डका एक कमान्डर कासिम सुलेमानीको हत्या गराएको थियो। एजेन्सी
27
Shares

प्रतिक्रिया