समाज


गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा ६८ वर्षीय वृद्धसहित दुई पक्राउ

गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा ६८ वर्षीय वृद्धसहित दुई पक्राउ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ३:४३,

पाँच दिनअघि उदयपुरका ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बम विस्फोट गराएको आरोपमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली-१ ओख्लेका ३५ वर्षीय रितु विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।

विक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उदयपुर जिल्ला सदस्य र देवकोटा समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको दाबी प्रहरीले गरेको छ।

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम बिस्फोट भएको थियो।

गोप्य सूचनाका आधारमा गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुलाई गाउँबाटै पक्राउ गरेको एसपी दाहालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad