सिरहामा एक युवती धर्मगुरुबाटै बलात्कृत भएकी छन्। लहानकी २३ वर्षीय युवती स्लाम धर्मगुरु मौलानाबाट बलात्कृत भएको आफन्तको आरोप छ।
युवतीको जाहेरीपछि मिर्चैया नगरपालिका–१० महेशपुर घरभई लहानमा बस्दै आएका ३५ वर्षीय मोहम्मद अली हसन पक्राउ परेका छन्।
गत मंगलबार साँझ लहान–७ की मुस्लिम युवती बिरामी भएपछि मौलानाकोमा गएकी थिइन्।
परिवारसहित पुगे पनि मौलानाले अरुलाई बाहिरै राखेर युवतीलाई मात्रै भित्र लगेका थिए।
झारफुकको समेत काम गर्दै आएकाले उनको डेरामा पुगेको र झारफुक गर्ने बहानामा युवतीलाई बलात्कार गरेको पीडित परिवारको आरोप छ।
बलात्कार गरेपछि मौलानाले घटना सार्वजनिक नगर्न दबाब दिएको युवतीले प्रहरीलाई बताएकी छन्। सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालिकराम शर्माले उनीविरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताए।
Shares

प्रतिक्रिया