आज (बिहीबार) बिहान मुग्लिननजिक त्रिशूली नदीमा जिप खस्दा बेपत्ता तीन जनामध्ये २ जनाको शव निकालिएको छ।
घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले एकैछिन अघि दिएको जानकारीअनुसार यात्रु महिलापछि गाडी चालकको शव पनि निकालिएको हो।
अब बालिकाको शव भेट्न मात्र बाँकी रहेको उनले नेपालखबरलाई जानकारी दिए।
‘चालक र यात्रु महिलाको शव गाडीभित्रै भेटिएको हो,’ एसपी गुरुङले नेपालखबरसँग भने, ‘अब बालिका (ती महिलाकी ११ वर्षीया छोरी) पत्ता लाग्न बाँकी छ।’
प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका थिए।
तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र जिप चालक सूर्य केसीकाे शव भेटिएका हुन्।
यसअघि : त्रिशूलीमा खसेको जिप भेटियो, बेपत्ता ३ जनामध्ये महिलाकाे शव निकालियो
Shares

प्रतिक्रिया