ad ad

राजनीति


चुनाव जितेपछि पहिलो अन्तर्वार्ता दिँदै बाइडेनले भने: मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन

चुनाव जितेपछि पहिलो अन्तर्वार्ता दिँदै बाइडेनले भने: मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ९:११,

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफू सरकारको नेतृत्वमा आउनु पूर्वराष्ट्रपति बाराक ओबामाकै तेस्रो कार्यकाल नभएको बताएका छन्।

राष्ट्रपति चुनाव जितेपछि पहिलोपटक एनबीसी न्युज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाइडेनले अहिले अमेरिकाकाे अवस्था पहिलेजस्तो नरहेको र परिस्थिति एकदमै फरक भएकाे बताएका हुन्।

उल्लेखनीय कुरा के छ भने ओबामा राष्ट्रपति भएका बेला बाइडेन उपराष्ट्रपति थिए। अहिले बाइडेनले आफ्नो नेतृत्वमा गठन हुने सरकारमा ती मानिसलाई सहभागी गराउँदै छन्, जो ओबामा सरकारमा पनि सामेल थिए।

यसैकारण उनले ओबामाकै तेस्रो कार्यकालजस्ताे बनाउन लागेका हुन् भन्ने चर्चा चल्न थालेको हो। ओबामा दुई कार्यकाल अर्थात् ८ वर्ष अमेरिकाको राष्ट्रपति बनेका थिए।

अमेरिकामा एक व्यक्ति दुई कार्यकालसम्म मात्र राष्ट्रपति बन्न पाउँछ। यसैकारण ओबामा सरकारमा उपराष्ट्रपति रहेका बाइडेनलाई एनबीसी टेलिभिजनका लेस्टर हाेल्टले सोधे- तपाईंको सरकार, ओबामाकै तेस्रो कार्यकाल हो त?

जवाफमा बाइडेनले भने- ‘यो ओबामाको तेस्रो कार्यकाल होइन, म ओबामा-बाइडेन प्रशासन बेलाकाे भन्दा बिलकुल बेग्लै विश्वको सामना गर्दै छु। राष्ट्रपति ट्रम्पले पूरै परिदृश्य परिवर्तन गराइदिएका छन्। म अमेरिकालाई एकताको सूत्रमा बाँध्न चाहन्छु। मेरो सरकार समावेशी हुनेछ। हरेक वर्गको प्रतिनिधित्व हुनेछ।’

उनले ओबामाको छायाबाट बाहिर निस्केर काम गर्ने र आगामी ४ वर्षलाई ओबामाकै तेस्रो कार्याकालजस्तो हुन नदिने प्रतिबद्धतासमेत जनाएका छन्।

उनले भने, ‘मेरा सामु पहिलेभन्दा धेरै फरक चुनौती छन्।’

बाइडेनकाे अन्तर्वार्ता तलकाे भिडियाेमा- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .