भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली चक्रवात विकास भएकाे छ।
जसका काराण पछिल्लाे २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पूर्व सीएम करुणानिधिको घर पानीले भरिएको छ।
भारतको मौसम विभागले यसले खतरनाक रूप लिने अनुमान गरेको छ।
यो सामुद्रिक आँधी बुधबार साँझ तमिलनाडु र पुडुचेरीको तटमा बज्रिने अनुमान गरिएको छ।
भारतीय मौसमविद्का अनुसार यसको गति प्रतिघण्टा सयदेखि डेढ सय किलोमिटरसम्म हुने अनुमान छ।
आँधीले पुर्याउन सक्ने क्षति न्यूनीकरण तथा उद्धारका लागि तमिलनाडु र आन्ध्र प्रदेशमा १२ सय उद्धार टोली तैनाथ गरिएको छ। आँधीको त्रासले रेल सेवा पनि पहिले बन्द गरिएको दैनिक भास्करले जनाएको छ।
312
Shares

प्रतिक्रिया