राजनीति


नेकपाको आन्तरिक विवादमा डा. बाबुराम भट्टराई रहस्यमय तरिकाले प्रवेश गरेको गोकुल बास्कोटाको आरोप

नेकपाको आन्तरिक विवादमा डा. बाबुराम भट्टराई रहस्यमय तरिकाले प्रवेश गरेको गोकुल बास्कोटाको आरोप

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ०:११,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफूहरूको पार्टीकाे आन्तरिक विवादमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई रहस्यमय तरिकाले प्रवेश गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र पूर्वसञ्चारमन्त्री बास्कोटाले पूर्वप्रधानमन्त्री भट्टराई नेकपाको आन्तरिक शक्ति संघर्षमा खुला रूपमा सहभागी भइरहेको आरोप लगाएका हुन्।

साथै बास्कोटाले उनको भूमिकाबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ खुसी भएका होलान् भनेर व्यंग्य पनि गरेका छन्।

‘नेकपाको आन्तरिक शक्ति संघर्षमा भूतपुर्व कमरेड डा. बाबुरामको रहस्यमय तर सक्रिय र खुला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुसी छु,’ पूर्वमन्त्री बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब पोल्टो र भुइँ बचाउने संघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ?’

डा. भट्टराईले नेकपा अध्यक्ष प्रधानमन्त्री ओलीको तीखो आलोचना गर्ने गरेका छन्।

याे पनिव्यक्तिका रूपमा ओली मलाई पनि धेरै मनपर्ने मान्छे हुन् : डा.बाबुराम भट्टराई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad