राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अवार्डको मनोनयनमा परेका छन्।
आईसीसीले आज सार्वजनिक गरेको मनोनयनमा पूर्वकप्तान पारस एसोसिएट राष्ट्रको तर्फबाट मनोनयनमा परेका हुन्।
पूर्वकप्तान खड्का आईसीसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेट अवार्डको मनोनयमा परेका हुन्। सो अवार्डका लागि स्कटल्याण्डका तीन खेलाडीसहित छ जना मनोनयनमा परेका हुन्।
पारससँगै स्कटल्याण्डका काइल कोएट्जर, क्यालम म्याक्लियोड, रिची बेरिंगटन, पपुवा न्युगिनीका अदि भाला र नेदरल्याण्डका पिटर बोर्रेन परेका छन्। आईसीसीले १० विधामा खेलाडीलाई अवार्ड प्रदान गर्नेछ।
यसैबीच भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहली आईसीसीले सार्वजनिक गरेको डिकेट अवार्डको सर्वाधिक ५ विधामा मनोनयमा परेका छन्।
भारतीय कप्तान कोहली आईसीसी अवार्ड अफ दि डिकेटको प्लेयर, ओडिआई प्लेयर, टेष्ट प्लेयर, ट्वान्टी ट्वान्टी प्लेयर र स्प्रीट आफ क्रिकेटको मनोनयनमा परेका हुन्।
Shares
प्रतिक्रिया