ad ad

समाज


बैतडीमा जिप दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

बैतडीमा जिप दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी
मंसिर ९, २०७७ मंगलबार ९:५८,

बैतडीमा मंगलबार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ।

झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–४ कि ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन्।

यस्तै रवीन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट दुर्घटनामा परी घाइते भएका छन्। भारतीय पेन्सनधारी नेपाली नागरिक सवार जिप मंगलबार दिउँसो दुर्घटनामा परेको थियो।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .