ad ad

समाज


दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुला

दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुला

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १३:४४,

जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन्।

कोभिड–१९ संक्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि खुलेका हुन्।

नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा आजदेखि अध्ययनअध्यापन सुरु गर्ने निर्णय गरिएसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको दिल्पेश्वर मावि दिपायलका शिक्षक गोविन्दराज जोशीले बताए।

उनले भने, ‘आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आजदेखि पढाइ शुरु गरेका छौँ।’

माध्यमिक र क्याम्पस तहका कक्षा आजदेखि खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखा सिलगढीले जनाएको छ।

शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिएको क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ।

विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्य रुपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागिएको अमरज्योति स्कुल दिपायल पिपल्लाका अध्यक्ष धनबहादुर शाहीले बताए।

उनले भने, ‘कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी भएको छ।’

आठ महिनादेखि बन्द रहेका यहाँका विद्यालय आजबाट सञ्चालन भएपछि अभिभावक तथा विद्यार्थी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ का मीनबहादुर कठायतले जानकारी दिए।

कोरोनाका कारण लामो समयदेखि बन्दरहेका विद्यालयमा आजदेखि सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको दिपायल सिलगढी नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए।

विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी कम्तीमा पनि २० माध्यमिक विद्यालय तथा एक कलेज ९क्याम्पस सञ्चालनमा आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .