कोरोना भाइरसविरुद्धको खोप निर्माण कार्यमा ढिलाई गरेर ती कम्पनीहरुले आफ्नो भोटलाई कम गर्ने प्रयत्न गरेको ट्रम्पको आरोप रहेको छ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलनका क्रममा ट्रम्पले फेरि एकपटक चुनाव आफूले जितेको झुठो दाबी समेत गरेका थिए।
ट्रम्पले भने,‘ठूलो औषधि निर्माता कम्पनीले लाखौं डलर खर्चेर म विरद्ध गलत प्रचार गरे, तर मैले चुनाव जितेको हो।’
‘ठूला औषधि निर्माता कम्पनी, संचारमाध्यम, ठूला प्रविधि कम्पनी चुनावमा हामीविरुद्ध लागे’ उनले भनेका छन्,‘फाइजर र अन्य कम्पनीले निर्वाचन अघि आफ्नो खोपको परिणाम सर्वाजनिक गर्न चाहेनन्। उनीहरुले निर्वाचनपछि मात्र परिणाम सार्वजनिक गर्न चाहे।’
निर्वाचन सकिएपछि हालै मात्र फाइजर र मोडेर्नाले आफ्नो खोप प्रभावकारी भएको बताएका थिए।
तर फाइजर र मोडेर्नाले ट्रम्पको आरोपलाई भने अस्वीकार गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया