समाज


भारतबाट ल्याउँदै गरेको १६ लाख अवैध रकमसहित दुई जना पक्राउ

भारतबाट ल्याउँदै गरेको १६ लाख अवैध रकमसहित दुई जना पक्राउ

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १२:३३,

पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका–३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २४ वर्षीय हरी दर्शन बनिया र ४९ वर्षीय बिनोद बनिया छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुकोे साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो। त्यसबेला उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ।

चोरीपैठारीको आयुर्वेदिक औषधिसहित तीन पक्राउ
यता, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका ११ भुजौली सीमा एपीएफ टोलीले करीब एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमको आयुर्वेदिक औषधिसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ बस्ने २५ वर्षीय रमजान मुसलमान तथा अख्तर भाट र भारतमा घर बताउने शेसफरेना रहेका छन्।

भारतबाट अवैध रुपले भन्सार छली बा १७ च ७४९० नम्बरको कारमा राखेर ल्याउँदै गरेको अबस्थामा उल्लेखित आयुर्वेदिक औषधि एपीएफ टोलीले फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश भुजौलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेका उनीहरुलाई बरामद औषधि र सो कारसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad