राजनीति


चीनको चिलिन, क्विचो, युनानका लागि नयाँ नेतृत्व छनोट

चीनको चिलिन, क्विचो, युनानका लागि नयाँ नेतृत्व छनोट

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १२:३७,

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसीं ले चिलिन, हुनान, क्विचो र युनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ।

सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको छ भने बायानकोलुलाई चिलिनको प्रान्तीय समिति र स्थायी समितिबाट समेत हटाएको छ।

त्यसैगरी सु डाझेले यस पहिले हुनान प्रान्तीय समितिका सचिवसमेत रहेका डु चिआहोको स्थानमा नेतृत्वको जिम्मेवारी पाउएका छन्। डु पनि हुनानको प्रान्तीय समितिको सदस्य नरहने गरी सीपीसीको निर्णय आएको छ।

शेन यिछिनले क्विचोको प्रान्तीय समितिको सचिवबाट हटाएर सुन शिकाङ्लाई नेतृत्वमा छनोट गरिएको छ । उनलाई पनि प्रान्तको समिति तथा स्थायी समिति सदस्य नरहनेगरी नयाँ जिम्मेवारी तोकिएको छ ।

सीपीसी चेन हाओले सम्हाल्दै आएको युनान पार्टी प्रमुखको जिम्मेवारी रुवान चङ्फाले पाएका छन् भने चेनलाई प्रान्तीय प्रमुख तथा स्थायी समिति सदस्यबाट हटाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad