समाज


सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भुतपूर्व ब्रिटिश गोर्खा सैनिकको माग

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भुतपूर्व ब्रिटिश गोर्खा सैनिकको माग

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १२:६,

भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन्।

देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्र बुझाएका हुन्।

भारत, बेलायत र सिंगापुर लगायतका देशमा आफ्नो आधा जीवन विताएर देशको अर्थतन्त्र उकास्न गरेको योगदानको सम्मान गर्नुपर्ने उनीहरुको भनाई छ।

ब्रिटिश गोर्खाहरुले गरेको योगदानको अपमान हुने गरी सामाजिक सुरक्षा भत्ता कटौती गरी अरुलाई जस्तो दोहोरो सुविधा लिएको भन्नु गलत भएको भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव पुष्पा राणा घलेले बताए।

उनीहरुसँगको भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजिक सुरक्षा भत्ता पाउने अधिकार सबै नागरिकको भएको बताए। अन्य किसिमको सरकारी सुविधा पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्थाका कारण ब्रिटिश गोर्खाहरुको समेत भत्ता कटौति भएकोप्रति सरकारको ध्यानाकर्षण भएको पनि अर्थमन्त्री पौडेलले बताए।

अब कहिलेपनि ज्ञापन पत्र बोकेर सरकारको ढोका ढकढक्याउनुपर्ने अथवा सडकमा जानुपर्ने अवस्था नआउनेगरी समस्याको समाधान गरिने प्रतिवद्धता समेत अर्थमन्त्री पौडेलले व्यक्त गरे।

सरकारले गत असार १७ गते दोहोरो सेवा सुविधा लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो। यो निर्णयबाट भुपू गोर्खा सैनिकहरुले समेत पाउँदै आएको समाजिक सुरक्षा भत्ता कटौति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad