समाज


भारतमा यात्रुवाहक गाडी ट्रकमा ठोक्कियो, बालबालिकासहित १४ जनाको मृत्यु

भारतमा यात्रुवाहक गाडी ट्रकमा ठोक्कियो, बालबालिकासहित १४ जनाको मृत्यु

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ३:२१,

भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा बालबालिकासहित १४ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेकाे ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठाेक्किएकाे हाे। 

त्यहाँका प्रहरी अधिकारीका अनुसार गाडीमा सवार यात्रु एक विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किंदै थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै वरिष्ठ अधिकारीलाई दुर्घटना स्थलमा गएर उद्धारमा जुट्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad