तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको अक्सफोर्ड–एस्ट्राजेनिकाको खोपले ६० र ७० वर्ष उमेर समूहका मानिसमा प्रतिरोधात्मक क्षमता विकास गरेको यो खोप प्रभावकारी देखिएको विषय हालै सार्वजनिक भएका छन्।
यस बेलायती खोपको सकारात्मक खबरहरु आइरहँदा यस खोपको प्रभावकारीताको जानकारी आगामी महिनाको २५ तारिख यता नै आइसक्ने यस खोप अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता अन्ड्रु पोलार्डले बताएका हुन्।
पोलार्डले बीबीसीसँग खोपको प्रभाकारीता, परीक्षण नतिजाबारे आफूहरुले क्रिस्मस अगाडि नै जानकारी दिने बताएका हुन्।
81
Shares

प्रतिक्रिया