कारोबार


ट्यांकरमा अदृष्य फल्स चेम्बर बनाइ पेट्रोल चोरी

ट्यांकरमा अदृष्य फल्स चेम्बर बनाइ पेट्रोल चोरी

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १२:४९,

नेपाल आयल निगमले अदृष्य फल्स चेम्बर बनाएर पेट्रोलियम पदार्थ चोरीमा प्रयोग गरिएका दुईवटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ।

ना७ख ३६९६ र ना७ख २९९५ नम्बरका ट्यांकर थानकोटबाट नियन्त्रणमा लिइएको हो।

विर बेताल आशिर्वाद कम्पनी प्रालिका २०/२० हजार लिटर क्षमताका ती ट्यांकरमा सजिलैसँग देख्न नसकिने गरी फल्स बटम बनाएर वेल्डिङ गरिएको निगमले जनाएको छ।

निगमका अनुसार ट्यांकरलाई १५ लाख रुपैयाँ जरिवाना गरी थप कारबाहीका लागि नापतौल विभागमा लेखि पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad