ad ad

समाज


विदेशमा रोजगारी गुमाएर फर्किएकाहरुको विवरण संकलन सुरु, के हो प्रयोजन?

विदेशमा रोजगारी गुमाएर फर्किएकाहरुको विवरण संकलन सुरु, के हो प्रयोजन?

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १:५७,

सरकारले कोभिड-१९ का कारण विदेशबाट फर्किएकाहरुको विवरण संकलन गर्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसिर १३ गतेभित्र कोभिड–१९का कारणले घर फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्। पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ।

रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको उनले जानकारी दिए। विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको÷अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ। कोभिड–१९ का कारणले हजारौँ नेपाली रोजगारी गुमाएर स्वदेश फर्किएका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .