ad ad

समाज


आफूलाई प्रहरी बताएर अपहरण गरी लाखौं लुटपाट, १६ वर्षपछि पक्राउ

आफूलाई प्रहरी बताएर अपहरण गरी लाखौं लुटपाट, १६ वर्षपछि पक्राउ

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १०:३६,

आफूलाई प्रहरी बताएर १० लाख नगद तथा बाइक र मोबाइलसमेत लुट्ने समूहका एक जना १६ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-७ नागसोतीका जगन्नाथ ढकाल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ साल असोज ७ गते काठमाडौंको जडिबुटीमा आफूलाई सुरक्षाकर्मी भन्दै मोटरसाइकलमा आउँदै गरेका नारायण खनाललाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्न कराउन नदिई जवर्जस्ती भ्यानमा राखी एकान्तस्थानमा लगी उनको साथमा रहेको नगद १० लाख २५ हजार रुपैयाँ, बा१६ प ६८२१ नम्बरको मोटरसाइकल र मोबाइल समेत गरी जम्मा ११ लाख ६३ हजार नौ सय रुपैयाँ बराबरको धनमाल लुटेका थिए।

घटनामा संलग्न रहेका ढकाल सोही समय देखि फरार रही विदेशमा गई बसेको र पछिल्लो समयमा नेपाल आई लुकिछिपी बसेको अवस्थामा अपराध महाशाखाबाट खटिएको विशेष टोली, जिप्रका मकवानपुर र ईप्रका पशुपतिनगरबाट खटिएको संयुक्त टोलीले मंसिर १ गते हेटौँडा उपमहानगरपालिका–७ नागसोतीबाट पक्राउ गरेको हो। 

अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आएको प्रहरीको भनाई छ।

पुनरावेदन अदालत पाटनको २०६३।११।१३ को आदेशले निजलाई थुनामा राख्ने आदेश भएपछि निज तारेख गुजारी बसेकोमा मिति २०६४ साल भदौ ६ गतेको काठमाडौं जिल्ला अदालतको फैसलाले ढकाललाई ६ वर्ष कैद र जरिवाना रु एक ९६ हजार ६५० हुने गरी फैसला भएको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालत पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .