समाज


लमजुङमा जीप पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

लमजुङमा जीप पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

नेपालखबर
मंसिर ३, २०७७ बुधबार २:२२,

लमजुङको दोर्दी गाउँपालिका-४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो। ११ जना घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। सात जना घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन्।

रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना भएको प्रहरी निरीक्षक पुनको भनाइ छ। जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad