खेल


यूईएफए नेसन्स लिग : जर्मनीलाई ६-० गोल अन्तरले हराउँदै स्पेन सेमिफाइनलमा

यूईएफए नेसन्स लिग : जर्मनीलाई ६-० गोल अन्तरले हराउँदै स्पेन सेमिफाइनलमा

नेपालखबर
मंसिर ३, २०७७ बुधबार २:११,

यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए ४ को अन्तिम खेलमा जर्मनीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

६ खेलमा ३ मा जित, २ बराबरी र १ हारसँगै स्पेनले ११ अंक जोड्न सफल भयो। दोस्रो स्थानको जर्मनीले समान खेलबाट २ मा जित, ३ मा बराबरी र १ हार व्यहोर्दै ९ अंक जोडेको छ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले समान १ गोल गरे। पहिलो हाफमा नै ३–० को अन्तर बनाएको स्पेनले दोास्रो हाफमा त्यति नै गोल थप्यो।

खेलको १७औं मिनेटमा अल्भारो मोराटोको गोलमा स्पेनले अग्रता बनाएको थियो। ३३औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ५ मिनेटपछि नै रोड्रीले गोल गर्दै पहिलो हाफमा टाेलीलाई ३–० को अग्रता दिलाए। 

खेलको ५५औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्राे गोल गर्दै गोलअन्तर फराकिलो पारे। एकपक्षीय खेलमा टोरेसले ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ८९औं मिनेटमा ओयारज्बालले गोल गर्दा जर्मनीको पोस्टमा आधा दर्जन गोल पुगेको हो।

गएराति नै खेल्ने भनिएकाे समूहको अर्को खेल भने कोरोना संक्रमणका कारण रद्द गरिएकाे छ।

स्विटजरल्यान्डले युक्रेनको टोलीलाई क्वारेन्टिनमा राखेपछि यूईएफएले खेल रद्द गर्ने निर्णय गरेको हो।

युक्रेनको ६ अंक छ भने स्विटजरल्यान्ड ३ अंकसहित पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad