समाज


घर वा कार्यालयभित्र बस्दा कोरोना सर्नबाट बच्ने यी हुन् ५ उपाय

घर वा कार्यालयभित्र बस्दा कोरोना सर्नबाट बच्ने यी हुन् ५ उपाय

नेपालखबर
मंसिर १, २०७७ सोमबार ४:२७,

चिसो मौसम सुरु भइसकेको छ। अब मानिसकाे धेरै समय घर/कार्यालयभित्रै बित्ने गर्छ। जसले गर्दा कोरोना संक्रमण फैलिने सम्भावना अझ बढ्ने विज्ञले बताइरहेका छन्। उसो भए बच्न के गर्नुपर्ला?

विज्ञले यी ५ उपाय बताएका छन् : 

१. गुम्सिएको ठाउँ हुनु भएन
कोठाभित्र पस्दा हावा ताजा महसुस भएन भने त्यहाँ राम्रोसँग हावा ओहोरदोहोर नभएको हुन सक्छ। त्यस्तो ठाउँमा भाइरस सर्ने जोखिम ज्यादा हुन्छ।

हालैका अनुसन्धानले हावा धेरै खेल्न नपाउने बन्द ठाउँमा भाइरसका मसिना कण लामो समय रहने देखाएका छन्।

त्यसैले ठाउँ गुम्सिएको ठाउँ छ भने त्यहाँबाट तत्काल निस्किन डा. हावेल डेभिसको सुझाव छ।

चार्टर्ड इन्स्टिट्युसन अफ बिल्डिङ सर्भिसेस इन्जिनियर्सका प्राविधिक निर्देशक डेभिस भन्छन्, ‘तपाईं बस्ने भवनमा कोही संक्रमित छ र त्यहाँ पर्याप्त मात्रामा बाहिरको हावा आइरहेको छ भने भाइरस सर्ने जोखिम कम हुन्छ।’

२. एयर कन्डिसन कस्ताे छ?
घर, पसल वा कार्यालयमा, गर्मीका बेला सबैलाई एयर कन्डिसनको प्रयोग गर्न मन लाग्छ। तर कस्तो किसिमको एयर कन्डिसन राख्ने भन्ने कुरामा विचार गर्नुपर्ने विज्ञ बताउँछन्।

सबैभन्दा सामान्य भनेको भित्तामा राखिने सेतो रङको एउटा सलक्क परेको बाकसजस्तो वस्तु हो, जसलाई स्प्लिट एयर कन्डिसनर भनिन्छ। यसले कोठाबाट हावा लिन्छ, चिसो बनाउँछ र फेरि कोठामै फ्याँक्छ। अर्थात् यसले हावालाई कोठाभित्रै घुमाइरहन्छ।

केही क्षणका लागि मात्रै त्यस्तो हावा घुम्ने कोठामा जान त समस्या हुँदैन, तर धेरै घन्टा बस्ने हो भने भाइरस सर्ने खतरा हुन्छ।

चीनस्थित एक रेस्टुराँमा गरिएको अनुसन्धानले भाइरस फैलाउन यस्ता किसिमका एयर कन्डिसनरको भूमिका रहेको देखाएको छ।

३. ताजा हावाको महत्व
झ्याल बन्द रहने आधुनिक भवनमा कसरी पर्याप्त ताजा हावा हुन सक्छ?

अर्कोखाले एयर कन्डिसनरमा एउटा उपकरण बाहिर हुन्छ, जसले बाहिरको हावा तान्छ र भित्रको पुरानो हावासँग मिसाउँछ।

कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै त्यस्ता उपकरणलाई धेरै बाहिरको हावा तान्ने गराउन विज्ञले सुझाव दिएका छन्।

युनिभर्सिटी अफ लिड्सकी प्राध्यापक क्याथ नोक्स भन्छिन्, ‘भवनभित्र जति धेरै ताजा हावा ओहोरदोहोर हुन्छ, त्यति नै भाइरस घुमिरहने खतरा कम हुन्छ।’

जाडोमा भित्र छिर्ने हावा तताउने र गर्मीमा चिस्याउने उपकरण हुनुपर्छ। त्यसका लागि थप ऊर्जा आवश्यक पर्छ।

४. फिल्टर कस्तो छ?
आधुनिक प्रणालीमा फिल्टर हुन्छन् तर ती समस्या नै नआउने गरी बनाइएका हुँदैनन्।

अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिर्सिटी अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसका केही अंशलाई मात्र फिल्टरले रोक्ने अरू छाड्ने तथ्य पत्ता लगाएका छन्।

अध्ययनका नेतृत्वकर्ता केभिन भ्यान डेन वाइमेलेनबर्ग फिल्टरको स्वाब परीक्षण गर्दा पनि त्यसले भवनभित्र रहेकालाई संक्रमित गर्न सक्छ कि सक्दैन भन्ने थाहा हुने बताउँछन्।

दक्षिण कोरियामा ११औं तलामा रहेको एउटा कल सेन्टरमा एकजना मानिसले ९० भन्दा बढी व्यक्रिलाई भाइरस सारे। फिल्टर परीक्षण गरिएको भए भाइरस छ भन्ने कुरा पहिले थाहा हुन्थ्यो।

५. झ्याल खुला राख्नुहोस्
ताजा हावा नै सबैभन्दा महत्त्वपूर्ण रहेको विज्ञले बताउने गरेका छन्। तर एक विशेषज्ञ भने हावा यताउता कसरी गराउने भन्ने कुरा त्यति सहज नभएको बताउँछन्।

प्राध्यापक क्याथ नोक्स भन्छिन्, ‘पर्याप्त ताजा हावाले भाइरस सर्ने जोखिम कम गर्ने कुरा अन्य पक्षभन्दा महत्त्वपूर्ण हुन्छ।’

उनका अनुसार झ्याल खुला राख्दा धेरै मानिसले भाइरस लिन सक्ने सम्भावना भए पनि त्यो एकदमै थोरै हुन्छ र कम जोखिमपूर्ण पनि हुन्छ।

उसो त कोरोना भाइरसबारे अझै थाहा नभएका थुप्रै कुरा छन्। तर पनि हामीले सास फेरिरहेको हावा सुरक्षित बनाउन भवनभित्र यस्ता प्रयास गरिनुपर्छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad