समाज


मैनबत्तीबाट घरमा आगो सल्किँदा ७ वर्षीया बालिकाको मृत्यु

मैनबत्तीबाट घरमा आगो सल्किँदा ७ वर्षीया बालिकाको मृत्यु

नेपालखबर
मंसिर १, २०७७ सोमबार ४:१६,

तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किँदा झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मृत्यु भएको छ।

कमल गाउँपालिका-२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बुबाआमा घरबाहिर रहेको बेला छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको बेला मैन बत्तीबाट आगो सल्किएको थियो।

घरमा आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो भएको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको
प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते छन्। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको पण्डितले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad