समाज


यस वर्षको तिहार : न पड्के पटका, न बजे देउसी गीत

यस वर्षको तिहार : न पड्के पटका, न बजे देउसी गीत

नेपालखबर
मंसिर १, २०७७ सोमबार ४:५८,

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएको छैन।

विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोक समेत लगाएको छ।

बढ्दो जोखिमीका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ । घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीय भरतराज पौडेलले बताए। विगतमा लुकीछिपी पड्काइने पटकाका आवाज यस वर्ष सुन्न पनि मुस्किल जस्तै बनेको छ। ‘कोरोनाको त्राससँगै जुवा तास खेल्ने क्रममा पनि कमी आएको छ,’ उनले भने।

घरघरमा सर्वसाधारणले सामान्यरूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन् । टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको छ। अर्को वर्ष टीका लगाउने वाचाका साथ कतिपय दिदीबिहिनी र दाजुभाइ आआफ्नै ठाउँमा बसेका छन्।

फूलमा आत्मनिर्भर बन्दै गएको पोखरामा यस वर्ष कोरोना महामारीका कारण पुष्प व्यवसायीले पनि तिहारलाई अड्कलेर फूल लगाएका थिए। कोरोना महामारी शुरु भएसँगै गरिएको बन्दाबन्दीका कारण औपचारिक सभा समारोह हुन नसकेपछि लगाइएका फूलको समेत खपत हुन नसकेको भद्रकारी नर्सरीका सञ्चालक प्रेमबहादुर रानाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad