ad ad

समाज


कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ८:२४,

जोन हप्किन्स विश्वविद्यालयले दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ।

साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ।

यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन्। अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ।

उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ। अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो।

भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ।

ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन्। यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ।

उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ। यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .