न्याय परिषदको आइतबार बसेको बैठकले पाटन, तुल्सीपुर र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीशको सरुवा गरेको छ।
बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको छ।
सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेल सरुवा भएका छन्। त्यस्तै पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा भएको छ।

प्रतिक्रिया