ad ad

समाज


जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरले दिए राजीनामा

जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरले दिए राजीनामा

प्रकाश न्यौपाने
कात्तिक २७, २०७७ बिहिबार ९:४२,

कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै जोखिम मोलेर काम गरिरहेका डाक्टहरुले नै भत्ता नपाएको गुनासो गरेका छन्।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका हुन्।

७ जना डाक्टरहरुले कोरोना जोखिम भत्ता नपाएपछि राजीनामा समेत दिएका छन्। अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एकजना मेडिकल अधिकृतले बताए।

तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएको जनाइएको छ। डाक्टरहरुले राजीनामा दिएपछि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। तर उनीहरु काममा फर्केका छैनन्।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाए पनि मेडिकल अधिकृत काममा नफर्किँदा सेवा प्रभावित भएको बताए।

‘हामीले तिहारलगत्तै दिन्छौं भनेकै छौं तर उहाँहरु किन काममा फर्किन मान्नु भएको छैन फेरि आग्रह गर्छौ’, उनले भने। मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा प्रभावित भएको अस्पतालले बताएको छ।

उता मन्त्रालय र प्रादेशिक अस्पतालले आग्रह गरे पनि काम छाडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .