बलिउडका सुपरस्टार अभिनेता आमिर खानको महत्वाकांक्षी फिल्म ‘लालसिंह चड्डा’मा अर्का सुपरस्टार शाहरुख खानको इन्ट्री भएको छ।
भारतीय सञ्चारमाध्यका अनुसार आमिरको फिल्ममा शाहरुख पनि जोडिन पुगेका हुन्। यसको बारेमा औपचारिक घोषणा भने हुन बाँकी रहेको बताइएको छ।
फिल्म लालसिंह चड्डामा शाहरुख छोटो तर महत्वपूर्ण भूमिकामा देखिने तयारी भइरहेको स्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
तर आमिरको सचिवालयले भने यो समाचारमा कुनै सत्यता नभएको बताएको छ।
यो फिल्ममा आमिरका साथमा करिना कपुरले अभिनय गरिरहेकी छन्। यता शाहरुख भने आफ्नो आउँदो फिल्म ‘पठान’को तयारीमा व्यस्त रहेका छन्।

प्रतिक्रिया