समाज


कालीगण्डकी नदीबाट दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता

कालीगण्डकी नदीबाट दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ५:५८,

कालीगण्डकी नदीबाट दाउरा निकाल्ने क्रममा एक जना बेपत्ता भएका छन्।

पाल्पाको रामपुर नगरपालिका १० शिकोडाँडास्थित कालिगण्डकीबाट दाउरा निकाल्ने क्रममा मंगलबार दिउँसो एक जना बेपत्ता भएको पाल्पा प्रहरीले जनाएको छ।

पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीका अनुसार ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन्। उनको खोजिकार्य जारी रहे पनि हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ।

कालीगण्डकी नदीको किनारमा गल्याङ नगरपालिका ९ का सुवाससहित लक्ष्मण माझी, छोप बहादुर बोटे र बुद्दे बोटे दाउरा निकाल्न गएका थिए।

दाउरा निकाल्ने क्रममा सुवास बोटे अचानक कालीगण्डकी नदीमा दुबेर बेपत्ता भएको पाल्पा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad