ब्राजिलमा चीनको सिनोभ्याक बायोटेक कम्पनीले विकास गरेको कोरोनाभ्याक नामक खोपको परीक्षण रोकिएको छ।
एक जनामा खोपको गम्भीर प्रतिकूल असर देखिएको भन्दै ब्राजिलको नियामक निकायले परीक्षण रोकेको हो।
सिनोभ्याकले भने खोप सुरक्षित रहेकोमा आफूहरु विश्वस्त भएको जनाएको छ।
सो खोप चीनमा हजारौँलाई लगाइएको बताइएको छ।
कोरोनाभ्याक हाल अन्तिम चरणको परीक्षणमा रहेका करिब एक दर्जन खोपमध्ये एक हो। यसको परीक्षण हाल इन्डोनेसियामा पनि भइरहेको छ।
सेप्टेम्बरमा अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको खोपको अन्तिम परीक्षण पनि केही समयका लागि रोकिएको थियो। एजेन्सी
3
Shares

प्रतिक्रिया