समाज


थप २७ सय ३६ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

थप २७ सय ३६ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ११:८,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार १२ हजार ९६० को परीक्षण गर्दा २ हअजार ७३६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८५३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २२ जना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेका संख्या १ हजार १४८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad