अन्तर्राष्ट्रिय ट्रेण्ड लाई हेर्ने हो भने ११-११ अर्थात नोवेम्वर ११ लाई २००९ देखि सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो।
यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ। र नेपालमा अनलाईन विक्रिसेवा सुरु गरेको अन्तर्राष्ट्रिय इकमर्स साइट दराजले पनि ११-११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ।
दराज अनलाइनमा ११-११ मा सुरु हुने सेलमा दराज अनलाइन मार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा रु तीन हजारसम्म डिस्काउण्ट प्राप्त गर्न सकिनेछ।
यो योजना दराज अनलाइमा नोवेम्बर १०/२०२० (कार्तिक २६ गते) को राति १२ बजेबाट २४ घण्टाको लागि खुल्ने छ।
अब ग्राहकहरुले डिशहोम, डिशहोम फाईवरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराज मार्फत अनलाईन अर्डर गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया