विद्युतीय लेखांकन प्रणाली (सीजीएएस) कार्यान्वयनमा आएको छ।
नेपाल सरकारले यही कात्तिक २० गते गरेको निर्णय अनुसार महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको तिनवटै तहको सरकारको विद्युतीय माध्यमबाट अभिलेख राख्ने प्रक्रिया आजदेखि कार्यान्वयनमा आएको हो।
संघ, प्रदेश र स्थानीय तहको सम्पूर्ण सम्पतिको विद्युतीय माध्यमबाट अभिलेख राख्ने प्रणाली र क्रियाकलापमा आधारित विद्युतीय माध्यमबाट सरकारी लेखांकन प्रणाली आजदेखि कार्यान्वयनमा आएको महालेखा नियन्त्रक मधु मरासैनीले जानकारी दिए।
उनका अनुसार सरकारी कार्यालयहरुको कोषको खर्चमा वित्तीय पारदर्शिता र जवाफदेहिता साथै विद्युतीय सुशासन कायम गरि सेवा प्रवाहमा चुस्तता ल्याउन विद्युतीय अभिलेख प्रणाली सुरु गरिएको हो।
यो प्रणाली यहि आर्थिक वर्षको विवरण उल्लेख हुने गरि कार्यान्वयन गर्न समेत महालेखा नियन्त्रक कार्यालयले निर्देशन जारी गरेको छ।

प्रतिक्रिया