अनुसन्धानमा आफ्नो खोप सुरक्षित भेटिएपछि यी कम्पनीले विज्ञान र मानवताको लागि उत्कृष्ट दिन भएको बताएको बीबीसीले जनाएको छ।
६ देशका ४३ हजार ५ सय व्यक्तिमा गरिएको परीक्षणमा कसैमा पनि खोपले नकरात्मक असर नगरेको जनाइएको छ।
यससँगै दुई कम्पनीले यस खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति प्रदान गर्ने विषयमा जोड दिन थालेका छन्।
यसै महिनाको अन्त्यदेखि खोप प्रयोका लागि अनुमति प्रदान गर्न यी कम्पनीले निवेदन गर्न लागेका छन्।
फाइजरका अनुसार यसवर्षको अन्त्यसम्ममा उनीहरुले विश्वभर ५ करोड खोप वितरण गर्न सक्दछन्।
साथै सन् २०२१ को अन्त्यसम्ममा कम्पनीले एक अर्ब ३० करोड खोप विश्वभर वितरण गर्नसक्ने फाइजरको भनाइ छ।

प्रतिक्रिया