ad ad

समाज


तासको खालबाट रकम लुटेर भागेका तीन जना पेस्तोलसहित पक्राउ

तासको खालबाट रकम लुटेर भागेका तीन जना पेस्तोलसहित पक्राउ

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ६:५७,

कन्चनपुरको बेदकोट नगरपालिका–२, बसन्थलामा पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।

शनिबार प्रहरीले २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १ पिपलथलाका केदार बिष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्टलाई १ थान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो।

बेदकोट नगरपालिका–५, पोलखरी बस्ने ५२ वर्र्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७÷८ जना व्यक्तिहरुले तास खेलिरहेको स्थानबाट ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएका थिए। सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्नलाई हतियारसहित फेला पारेको हो।

घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जिन र २ राउन्ड गोली फेला पारेको थियो।

घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .