पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख भन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संख्या एक दिनमै थपिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।
वल्र्डओमिटका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख एक हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा हिजो एक लाख १५ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ७ सय ३ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।
सबैभन्दा बढी अमेरिकामा हिजो एक हजार एक सय १७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया