समाज


१० लाख घुससहित विद्युत प्राधिकरणका इञ्जिनियर पक्राउ

१० लाख घुससहित विद्युत प्राधिकरणका इञ्जिनियर पक्राउ

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ०:२७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले १० लाख रुपैयाँ घुस रकमसहित विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई पक्राउ गरेको छ।

हेटौंडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इञ्जिनीयर जैसवाललाई आयोगले बिहीबार साँझ रंगेहात पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको टोलीले जैसवालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए। ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले १० लाख रुपैयाँ घुस मागेका थिए।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad