समाज


वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १६:७,

रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केआइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गरेको रगतले ज्यान बचेको छ।

विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उनी उपचारका लागि उक्त अस्पतालमा गएराति आएकी थिइन्। समयमै रगत नपाएको भए उनको ज्यान सम्म जाने सक्ने चिकित्सकले बताएका छन्।

कम्तीमा पनि चार पिण्ट ओ पोजेटिभ रगत अभाबमा छट्पटिएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि वडाध्यक्ष खड्काले अस्पतालमै आएर आज रगत दान गरेका थिए। वडाध्यक्ष खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए।

जिल्लामा रगत प्रदान गर्ने ब्लड बैङ्क नभएका कारण यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई रगत प्रदानका लागि निकै समस्या हुँदै आएको छ। जिल्ला अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले वर्षौ पहिले ब्लड बैङ्क खोलेको भएपनि ब्लड राख्ने आवश्यक उपकरण नभएका कारण उक्त बैङ्क सञ्चालनमा आउन सकेको छैन।

यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहँदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी सर्वजीत देउवाले बताए।

रगत दान गरे बिरामी परिनुका साथै कमजोर भइन्छ भन्ने यहाँका स्थानीयवासीमा परेको नकारात्मक सोचका कारण प्रायः रगत दान गर्न नमान्ने गरेको पनि पाइएको छ। वडाध्यक्ष खड्काले रगत नपाउँदा समस्यामा परेकी महिलालाई रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको बताए।

उनले भने, ‘मानवीय धर्म निर्वाह गरेर अरुको ज्यान बचाउन आफूले रगत दिन पाएँ, निकै खुशी छु, मेरो रगतले कसैको ज्यान बच्यो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad