समाज


सामूहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

सामूहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १४:११,

सप्तरीमा सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ।

राजविराजबाट बिजुलीबत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै पीडितले मण्डलसहित सोही ठाउँका तीन जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई पक्राउ गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

आरोपितहरुले करकापमा पारी आँप बगैँचामा गत आइतबार सामूहिक बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पीडितको सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad