समाज


प्रधान सेनापतिद्वारा भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण

प्रधान सेनापतिद्वारा भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ८:२५,

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण गरेका छन्।

बिहीबार जंगी अड्डामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटवार्तापछि प्रधानसेनापति थापाले एक लाख मेडिकल मास्क हस्तान्तरण गरेका हुन्।

भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडीकल मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए।

भारतीय सेना प्रमुख नरवणेले नेपाली सेनालाई भ्यान्टिलेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

नेपाली सेनाका दुई फिल्ड अस्पताल स्थापनाका लागि एक्स–रे मेसिन, आईसीयू भेन्टिलेटर, भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad