काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा १ हजार ८७८ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ।
प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ३०९जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया