समाज


थप ३३ सय ९ जनामा कोरोना पुष्टि, ३८ सय ४४ निको भए

थप ३३ सय ९ जनामा कोरोना पुष्टि, ३८ सय ४४ निको भए

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १०:५१,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज देशभरमा ३ हजार ३०९जनामा कोरोना पुष्टि भएको बताए।

आज देशभरी सक्रिय संक्रमितको संख्या  ३६ हजार ९११ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad