अमेरिकी प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रिया ओकाजियो कोर्टेज भारी मतसहित पुनः निर्वाचित भएकी छिन्।
न्युयोर्ककी फोर्टिन्थ डिस्ट्रिकबाट रिपब्लिकन पार्टीका जोन कमिङ्सलाई पराजित गर्दै उनी विजयी बनेकी हुन्।
उनीसँगै प्रगतिशील सांसदहरुको ‘द स्क्वाड’ भनिने समूहका चारै सदस्य पुनः निर्वाचित भएका छन्।
मिनोसेटाकी इलहान ओमर, मासाचुसेट्सकी एयाना प्रेस्ली र मिसिगनकी रासिदा तलिबले पहिलो पटक जनवरी २०१९ मा चुनाव जितेका थिए।
यी चारैजना प्रगतिशील सांसदहरुको समूहलाई ‘द स्क्वाड’ भन्ने गरिन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार यी सांसदप्रति निसाना साँधेका थिए।
Our sisterhood is resilient. pic.twitter.com/IfLtsvLEdx
— Ilhan Omar (@IlhanMN) November 4, 2020उनीहरुले पहिलो कार्यकालमै ठूलो चर्चा कमाउनुका साथै प्रगतिशील मुद्दाहरुलाई स्थापित गरेका थिए।
ओकाजियो कोर्टेजलाई हराउन विभिन्न समूहले लाखौँ डलर खर्च गरेका थिए। तर, उनीहरु सबैले सजिलै चुनाव जितेका छन्।
‘हाम्रो भगिनी सम्बन्ध बलियो छ,’ ओमरले ट्विट गरेकी छन्। एजेन्सी

प्रतिक्रिया